नागार्जुनको जंगलमा आगलागी, हेलिकप्टरबाट पानी खसाल्ने तयारी

२९ चैत, काठमाडौ । काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ ।

Advertisement

आइतबार दिँउसो डढेलो लागेको निकुञ्ज कार्यालयले जनाएको छ । आगो नियन्त्रणमा लिनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निकुञ्जका कर्मचारी खटिएका छन् ।

तीन वटा दमकलसहित करिब दुई सय जना आगो नियन्त्रणमा खटिएको निकुञ्ज कार्यालयले जनाएको छ । दमकलले मात्रै डढेलो नियन्त्रणमा लिन नसकिने भन्दै आगो निभाउन हेलिकप्टरबाट पनि पानी खसाल्ने तयारी गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top