शिवपुरी–नागार्जुन निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा

२९ चैत, काठमाडौँ । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा आएको छ ।

Advertisement

आइतवार बिहान ११ बजेदेखि लागेको आगो बेलुकी पाँच बजेतिर नियन्त्रणमा आएको निकुञ्जका प्रमुख लक्ष्मण पौडेलले जानकारी दिए ।

डढेलो नियन्त्रणका लागि सिम्रिक एअरको हेलिकप्टरले झण्डै एक दर्जन पटक पानी बोकेर खन्याएको थियो ।

Advertisement

सिम्रिक एअरको हेलिकप्टरले मेलम्ची खानेपानी आयोजनाको पानीको सहयोगमा आगो निभाएको हो ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, निकुञ्जका कर्मचारी र स्थानीयवासीको सहयोगमा डढेलो नियन्त्रणमा आएको पौडेलले जानकारी दिए ।

Advertisement

डढेलोबाट केही वन क्षेत्रमा क्षति पुगे पनि मानवीय र भौतिक संरचनामा भने क्षति हुन नपाएको निकुञ्जले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top