चट्याङ लागेर चार जनाको मृत्यु

चट्याङ लागेर चार जनाको मृत्यु

३ वैशाख, विराटनगर । 
चट्याङ लागेर विभिन्न जिल्लामा चार जनाको ज्यान गएको छ।

बिहीबार साँझ हावाहुरीसहित चट्याङ पर्दा बाग्लुङ, स्याङ्जा, भोजपुर र तेह्रथुममा गरि चार जनाको ज्यान गएको हो ।

बिहीबार बेलुका परेको चट्याङ्ग लागेर बाग्लुङको तारखोला गाउँपालिका–२ सिलेका ४५ वर्षका खिमलाल कँडेलको ज्यान गएको प्रहरीले जनाएको छ।

उनको धौलागिरी अस्पताल बागलुङमा उपचारका क्रममा राति १० बजे ज्यान गएको हो। गोठमा भैँसीको दूध दुहुँदै गर्दा उनलाई चट्याङ्ग लागेको थियो।

यस्तै, स्याङ्जाको फेदीखोला गाउँपालिका–५ मा पनि चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ।

घरमा बसिरहेका बेला चट्याङ्ग लागेर घाइते भएकी ३९ वर्षकी ईश्वरी लामिछानेको गण्डकी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।

यसैबीच, भोजपुरको षडानन्द गाउँपालिका–८ निगुरेमा ६० वर्षकी मनमाया राईको पनि चट्याङ्ग लागेर ज्यान गएको छ। त्यस्तै तेह्रथुमको, छथर गाऊपालिका ६ असिने बस्ने ९ वर्षीया बालिका रोहिता मगरको पनि ज्यान गएको छ।

बिहीबार बेलुका ७ बजे बालिका मगरको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागी बाँया साईडको टाउको देखि घाँटी सम्म जली अचेत अवस्थामा रहेकी उनको उपचारको लागी तयारी हुँदा हुदै राति सवा ११ बजे घरैमा मृत्यु भएको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.