कोरोनाको भयावहमा भारत, एकैदिन २ लाख ६० हजारभन्दा धेरैमा संक्रमण पुष्टि

५ बैशाख ७८, आइतबार

५ वैशाख, एजेन्सी ।
भारतमा कोरोना संक्रमितको आँकडामा दैनिक नयाँ रेकर्ड बनिरहेको छ ।

Advertisement

शनिबारमात्रै भारतमा २ लाख ६० हजार ८ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतमा एकैदिन यति धेरै कोरोना संक्रमण भएको पहिलो पटक हो।

शुक्रबारभन्दा शनिबार संक्रमितको संख्या ११.५ प्रतिशतले बढेको छ। शुक्रबार भारतमा २ लाख ३४ हजार कोरोना संक्रमित भेटिएका थिए।

Advertisement

संक्रमितको संख्या बढेसँगै मृतकलाई संख्या पनि उकालो लागेको छ। शनिबार भारतभरि १ हजार ४ सय ९३ जना संक्रमितको मृत्यु भएको छ।

संक्रमित संख्या बढे पनि यसपालिको मृत्युदर पहिलो लहरको भन्दा कम भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। तर सक्रिय संक्रमितको संख्या दिनदिनै बढ्दै गएकाले आउने दिनमा मृत्युदर पनि बढ्ने अनुमान गरिएको छ।

Advertisement

भारतमा अहिले सबैभन्दा धेरै महाराष्ट्र राज्यमा संक्रमण फैलिएको छ। शनिबारमात्रै त्यहाँ ६७ हजार मानिसमा संक्रमण पुष्टि भएको छ भने राजधानी नयाँदिल्लीमा २४ हजार संक्रमित थपिएका छन्।

भारतमा कोरोना संक्रमित हुनेको कुल संख्या १ करोड ४७ लाख ८८ हजार भन्दा धेरै पुगेको छ। हालसम्म भारतमा कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार १५० पुगेको छ।

भारतमा अहिले सक्रिय कोरोना संक्रमितको संख्या १८ लाख भन्दा धेरै छ। एक करोड २८ लाख भन्दा धेरै संक्रमणमुक्त भएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top