लुम्बिनीमा थपिए तीन मन्त्री र एक राज्यमन्त्री

लुम्बिनीमा थपिए तीन मन्त्री र एक राज्यमन्त्री

६ बैशाख, लुम्बिनी । लुम्बिनी प्रदेश सरकारमा तीन मन्त्री र एक जना राज्यमन्त्री थपिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादीका चार सांसद्लाई मन्त्री नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख धर्मनाथ यादवले सन्तोष पाण्डेलाई भौतिक पूर्वाधार, विजयकुमार यादवलाई भूमि व्यवस्था तथा कृषि,कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकास मन्त्री र शुमन शर्मा रायमाझीले राज्यमन्त्रीको सपथ खुवाएका हुन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीका केही सांसद्ले मुख्यमन्त्री पोखरेलविरुद्ध आजै अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।

अन्य प्रयोजनका लागि लिइएको हस्ताक्षर प्रयोग गरेर मन्त्री नियुक्त भएका चार जना सांसद्को हस्ताक्षर पनि अविश्वास प्रस्तावमा प्रयोग गरिएको जसपा संसदीय दलका नेता समेत रहेका नवनियुक्त भौतिक पूर्वाधारमन्त्री सन्तोष पाण्डेले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.