लागुऔषधसहित दुई पक्राउ

४ असार ७५, मंगलबार

विरानगर,असार ५

सुनसरीको धरान– ८ तिनकुनेबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

अस्थायी प्रहरी चौकी तिनकुनेबाट खटिएको टोलीले धरान –५ बस्ने २८ वर्षीय बाबु बोहरालाई ७४ पिस नाइट्रोसन ट्याब्लेट र धरान–१३ बस्ने ३५ वर्षीय कान्छा राईलाई एभिल ८ एम्पुल, डाईजेलाप ८ एम्पुल, लुपिजैसीक ८ एम्पुल गरी जम्मा २४ एम्पुल टिडिजेसिकसहित सोमबार साँझ पक्राउ गरेको हो।

Advertisement

बरामद लागुऔषधसहित दुबैलाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top