टर्कीमा कोरोनाको तेस्रो लहर भयावह बन्दै, दैनिक संक्रमित ६० हजारभन्दा धेरै

७ बैशाख ७८, बुधबार

८ वैशाख, एजेन्सी ।
कोरोना महामारीको तेश्रो लहर खेपिरहेको ​टर्कीमा दिनहँु नयाँ संक्रमितको संख्या थपिदैं गएको छ ।

केही दिनयता त्यहाँ दैनिक ६० हजारभन्दा धेरै नयाँ संक्रमित भेटिइरहेका छन्‌। करिब साढे ८ करोड जनसंख्या रहेको टर्कीमा कोरोना संक्रमणबाट अहिलेसम्म ३६ हजारभन्दा धेरै मानिसको ज्यान गइसकेको छ।

जुन महिनाको अन्त्यसम्ममा त्यहाँ ४० वर्षभन्दा माथिका सबै मानिसलाई कोरोना विरुद्धको खोप दिने लक्ष्य राखिएको छ। तर, खोप लगाउन मानिसहरूले आनाकानी गरिरहेका छन्‌।

Advertisement

​त्यहाँ करिब ८० लाख मानिसलाई खोपको दुवै डोज दिइएको छ। खोप पाएकाहरू कुल जनसंख्याको १० प्रतिशतमात्रै हुन्‌।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top