कन्सुलर सेवा विभागमा लिखतहरूको प्रमाणीकरणको नयाँ व्यवस्था लागु

८ वैशाख, काठमाडौँ । कन्सुलर सेवा विभागले लिखतहरूको प्रमाणीकरणका लागि सङ्केत नम्बरसहितको फाराम वितरण प्रारम्भ गरेको छ ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सरकारको गएको सोमबारको निर्णयअनुसार विभागले आजदेखि त्यस्तो व्यवस्था गरेको हो ।

विभाग परिसरमा सेवाग्राहीको भीड हुन नदिन तथा सहजरुपमा सेवा प्रवाह गर्न विभागले एकपटकमा २५ जना सेवाग्राहीलाई सङ्केत नम्बरसहितको फाराम वितरण गरी त्यसैअनुसार उनीहरूलाई प्रमाणीकरणका निम्ति अनुमति दिने व्यवस्था मिलाइएको विभागका निर्देशक धनबहादुर ओलीले बताए ।

Advertisement

यही बैशाख १२ गतेदेखि प्रमाणीकरणको समय बिहान ८ बजेदेखि अपराह्न ५ बजेसम्म निर्धारण गरिएको छ । सङ्केत नम्बर पाएका सेवाग्राहीलाई आफ्नो नम्बरअनुसार विभागमा उपस्थित हुने व्यवस्था मिलाइएको उनले बताए । सेवाग्राहीलाई सङ्केत नम्बर हरेक दिन बिहान ८ देखि २ बजेसम्म उपलब्ध गराइनेछ ।

नेपाल प्रहरीबाट जारी हुने प्रहरी प्रतिवेदन बिना प्रमाणीकरण पेश गर्न सकिने व्यवस्था विभागले गएको जेठ १८ गते काठमाण्डौमा रहेको विदेशी नियोगहरूलाई पत्राचार गरेर मिलाइसकेकाले प्रतिवेदन प्रमाणीकरणका निम्ति विभागमा आवेदन गर्नु नपर्ने तर त्यो प्रतिवेदन निवेदक स्वयंले ‘अनलाइन’ बाटै रङ्गीनप्रति छापेर नियोगमा बुझाउनुपर्ने निर्देशक ओलीले बताए ।

Advertisement

यस्तै सेवाग्राहीले वैदेशिक रोजगारीमा जानका निम्ति प्रहरी प्रतिवेदन प्रमाणीकरण गराउनुपर्ने भएमा सम्बन्धित वैदेशिक रोजगार व्यवसायीमार्फत पठाउन सकिने प्रबन्ध गरिएकाले विभागले अतिआवश्यक भएमा मात्र स्वयं विभागमा उपस्थित भई दस्तावेज प्रमाणित गराउन आग्रह गरेको छ ।

विदेशमा रहेका नेपाली नियोगमा प्रहरी प्रतिवेदन पेश गर्दा विभागबाट प्रमाणीकरण गर्नु नपर्ने व्यवस्था पनि मिलाइएको जनाइएको छ । (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top