गुल्मीमा ‘तपाईंको मास्क खै’ अभियान शुरु

८ बैशाख, गुल्मी । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ‘तपाईंको मास्क खै’ अभियान शुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले बजारमा ‘तपाईंको मास्क खै’ अभियान सुरु गरेको हो ।

कोभिड–१९ को जोखिम बढेको भन्दै प्रशासनको अगुवाइमा सुरक्षा निकाय, विभिन्न कार्यालय तथा सरोकारवालाहरुको अगुवाइमा सचेतना मुलक प्लेकार्डसहित कोरोना भाइरसबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क नलगाई यात्रा गर्ने सर्वसाधरणलाई सचेत गराउनका लागि ‘तपाईंको मास्क खै’ अभियान सुरु गरिएको हो ।

Advertisement

मास्क प्रयोग नगरी हिँड्ने सर्वसाधरणलाई मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुन पानीले हात धुन सचेतमुलक कार्यक्रम गरिएको, कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मास्क नलगाई सडकमा यात्रा गरिएको भेटिएमा प्रहरीले कारबाहीसमेत गर्ने प्रशासनले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top