विराटनगर,असार ६
चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी ओलीको भ्रमणमा १ करोड ९३ लाख ६२ हजार २ सय ३१ रुपैंया खर्च हुने भएको छ ।
प्रधानमन्त्री ओलीले चीन भ्रमणमा आफु निकटका व्यवसायी आङछिरिङ शेर्पाको हिमालय एयरलाइन्स प्रयोग गरेका छन् ।
अघिल्लो पटक चीन भ्रमणमा जाँदा पनि ओलीले हिमालय कै जहाज प्रयोग गरेका ओलीले सो जहाजका लागि ६४ लाख ९२ हजार रुपैंयाँ भाडा तिर्नेछन ।
ओलीको चीन भ्रमणका लागि हिमालयको बिजनेश क्लासको टिकटका एक तर्फी भाडा १० हजार ७ सय ६० डलर लाग्छ ।
त्यस्तै इकोनोमी क्लासमा सवारी सरकारी टोलीका अन्य ३९ सदस्यहरुका लागि २७ हजार ८८५ डलर खर्च हुन्छ । भ्रमण दलका १७ सदस्य लिएर ओली ल्हासा जाँदैछन् ।
त्यसका लागि ११ हजार ५० डलर खर्च हुनेछ । प्रधानमन्त्रीसहित भ्रमण दलका सदस्यहरुका लागि प्रतिदन २५ अमेरिकी डलर थप खर्च सुबिधा उपलब्ध छ । यसबाट पाँच दिनमा प्रति व्यक्ति १२५ डलरका दरले खर्च दिइनेछ ।
चीन सरकारले खर्च व्यहोर्ने बाहेक १७ जनाका लागि बेईजिङमा होटल, खाना, स्वागत समारोहको प्रबन्ध नेपाली दुतावासले गर्नेछ ।
ओलीले चीन र ल्हासामा बिभिन्न अधिकारीहरुलाई उपलब्ध गराउने उपहारहरुको प्याकिङका लागि ५ हजार रुपैँया छुट्याएका छन् ।(विकास न्युज)