भारत, पाकिस्तान र बङ्गलादेशबाट आउने यात्रुलाई ओमानमा प्रतिबन्ध

९ वैशाख, विराटनगर । विश्वमा कोरोना महामारीको दोस्रो, तेस्रो लहर तीव्र गतिमा फैलिएसँगै ओमानले भारत, पाकिस्तान र बङ्गलादेशबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएको छ ।

कोरोना भाइरसको जोखिम बढेकाले भारत, पाकिस्तान र बङ्गलादेशबाट आउने यात्रुलाई रोक लगाएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिबन्ध आउँदो शनिवार देखि लागू हुनेछ । यस्तै २४ घण्टामा भारत, पाकिस्तान र बङ्गलादेशमा ट्रान्जिट परेका यात्रुलाई पनि यो प्रतिबन्ध लागू हुनेछ ।

तर ओमानका नागरिक, राजनितिक व्यक्ति तथा स्वास्थ्य कार्यकर्ताका लागि भने यो प्रतिबन्ध लागू गरिएको छैन । यद्यपि उनीहरूको स्वास्थ्य जाँच भने अनिवार्य हुनेछ ।

भारत, पाकिस्तान र बङ्गलादेशमा कोरोनाको नयाँ ’भेरिएन्ट’ फैलिएको भन्दै ओमानले त्यहाँबाट आउने यात्रुलाई रोक लगाएको हो । भारत संक्रमणको हटस्पट बनेसँगै हरेक दिन संक्रमितको संख्या पनि बढिरहेको छ ।

पछिल्लो २४ घण्टामा मात्र तीन लाखभन्दा बढीमा कोरोना सङ्क्रमण देखिएको छ । यो विश्वमै अहिलेसम्म सबैभन्दा धेरै हो । यस्तै यही अवधिमा भारतमा कोरोनाका कारण दुई हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।

भर्खरको समाचार

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

सम्बन्धित समाचार

Scroll to Top