१० बैशाख, काठमाडौ । आर्थिक वर्ष २०७५÷७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १ खर्ब ८२ अर्ब ९२ करोड छ ।
कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजी अंश ४८ दशमलव २, रिजर्भ ४२ दशमलव ८ र कर्जा अंश ९ दशमलव शून्य प्रतिशत छ ।
रिजर्भ अंश २७ दशमलव शून्य प्रतिशतले घटेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा कमी आएको हो ।
नेपाल राष्ट्र बंैकको अध्ययनअनुसार २०७६ असार मसान्तसम्म नेपालमा ५३ देशको प्रत्यक्ष वैदेशिक लगानी थियो । जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात् ५६ अर्ब ५ करोड लगानी आएको थियो ।
भारतपछि चीनबाट २७ अर्ब ५६ करोड, सेन्ट किस्टस एन्ड नेभिसबाट २४ अर्ब ९४ करोड, आयरल्यान्डबाट ११ अर्ब ५९ करोड र सिंगापुरबाट ८ अर्ब ७३ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिएको छ ।
नेपालमा आएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५१ दशमलव १ सेवा र ४८ दशमलव ८ प्रतिशत औद्योगिक क्षेत्रमा लगानी रहेको राष्ट्र बैंकमा अध्ययनमा उल्लेख छ ।
सेवा क्षेत्रअन्र्तगत कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७ दशमलव ४ प्रतिशत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा रहेको छ ।
औद्योगिक क्षेत्रअन्र्तगत उत्पादन क्षेत्रमा २८ दशमलव ६ प्रतिशत र जलविद्युत् क्षेत्रमा २० दशमलव ० प्रतिशत वैदेशिक लगानी छ ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।