×

NEPAL TIMES UPDATES

Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026

यस वर्षको ‘नई ईश्वरवल्लभ अवार्ड’  बसन्त चौधरीलाई

११ बैशाख २०७८

११ वैशाख, विराटनगर ।
नई प्रकाशनले साहित्य क्षेत्रकै प्रतिष्ठित ‘नई ईश्वरवल्लभ अवार्ड’ यो वर्ष कवि तथा साहित्यकार बसन्तकुमार चौधरीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

नई प्रकाशन संचालक समितिका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले यो वर्षका लागि ‘नई ईश्वरवल्लभ अवार्ड’ चर्चित कवि चौधरीप्रति समर्पित गर्ने निर्णय गरेको हो ।

Advertisement
Advertisement

विश्व काव्ययात्रामार्फत नेपाली भाषा र साहित्यको विश्वमाझ प्रवद्र्धनका लागि महत्वपूर्ण योगदान दिएका कारण चौधरीलाई प्रतिष्ठित अवार्ड प्रदान गर्ने निर्णय भएको नई प्रकाशनले जनाएको छ ।

चौधरीले पाउने पुरस्कार रु. १ लाख राशिको हो । यसअघि नई प्रकाशनले बैशाख ३० गते काठमाडौँमा आयोजना गर्न लागेको नई प्रकाशनको रजतजयन्ती तथा शताब्दी पुरुष सत्यमोहन जोशीको १०२ औँ जन्मोत्सवको अवसरमा साहित्यकार चौधरीलाई पुरस्कृत गर्ने योजना बनाएको थियो ।

तर, कोभिड संक्रमणका कारण पुरस्कार वितरण गर्ने कार्यक्रम केही पछि धकेलिएको नई प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिएका छन् ।

नेपालका कवि, साहित्यिक पत्रकार र नेपाली भाषा तथा साहित्यमा विशिष्ट योगदान गर्नेहरुलाई यस्तो अवार्ड प्रदान हुँदै आएको छ । नई प्रकाशन २०५२ सालमा स्थापना भएको थियो ।

चर्चित कवि तथा साहित्यिक पत्रकार ईश्वर बल्लभको निधन भएपछिका वर्षदेखि उनको नाममा अवार्ड वितरण गर्न थालिएको थियो ।

प्रत्येक वर्ष प्रदान गरिने यो विधातर्फको अवार्ड यसअघि जयदेव भट्टराई, प्रकट पगेनी शिव, विश्वविमोहन श्रेष्ठ, प्रदीप नेपाल, विजय चालिसे, सञ्जय राई, कञ्चन पूडासैनी लगायतले पाएका थिए ।

चौधरीले केही वर्षअघिदेखि सुरु गरेको विश्व काव्ययात्रा विश्वभर चर्चित भएको थियो । सन् २०१२ को अगस्टदेखि अमेरिकाको न्यूयोर्कबाट सुरु भएको उनको विश्व काव्ययात्रा ११ वटा देशको २० वटा शहरसम्म पुगेको थियो ।

गत वर्ष कोरोनाको संक्रमण बढेपछि उनको काव्ययात्रा स्थगित गरिएको छ । नई प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले सरकार वा सरकारी निकायको कुनै सहयोगबिना एक्लो प्रयासमा नेपाली कविता र साहित्यलाई विश्वमाझ चिनाउने उद्देश्यले विश्व कविता यात्रा गर्ने चौधरी देशकै एक्लो र पहिलो नेपाली कवि रहेको बताए ।

‘उहाँको एक्लो प्रयासले संचालन गर्नुभएको विश्व काव्ययात्राका कारण नेपाली साहित्यको इज्जत विश्वमै माथि पुर्याउने काम भएको र नेपाली साहित्यको गरिमा समेत श्रीवृद्धि भएकोमा उहाँलाई सम्मान गर्ने निर्णय गरेका हौं ।’ प्रसाईले भने ।

बसन्त चौधरी गीतकार, कवि, स्तम्भकार वा प्रबन्धकारको रुपमा नेपाली साहित्यको क्षेत्रमा परिचित नाम हो । उनका नेपाली भाषाका आधादर्जन बढी कविता संग्रह, अन्य विभिन्न भाषामासमेत कविता तथा गीति संग्रह प्रकाशित भइसकेका छन् ।

उनका हालसम्म आधा दर्जन बढी नेपाली भाषाका र दुईवटा हिन्दी भाषाका गीति एल्बमसमेत प्रकाशन भइसकेका छन् । उने दर्जनौँ कृतिहरु प्रकाशनमा सहजीकरण र सहयोग गरिसकेका छन् ।

Advertisement

‘तिमीबिनाको म’ नामको नेपाली भाषाको कविता संग्रह र ‘अनेक पल और मैं’ नामको हिन्दी कविता संग्रह उनका प्रकाशोन्मुख कृति हुन् ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top