मेडिकल टिम पठाउन केन्द्र सरकारसँग माग

११ बैशाख ७८, शनिबार
Share this
754shares

११,बैशाख, बाँके । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले केन्द्र सरकारसँग मेडिकल टिम पठाउन माग गर्ने निर्णय गरेको छ ।

Advertisement

केन्द्रको शनिबार बसेको बैठकले मौजुदा जनशक्तिले भेरी अस्पताल नेपालगञ्ज, शिक्षण अस्पतालमा प्रभावकारी उपचार व्यवस्थापन गर्न गाह्रो भएको भन्दै मेडिकल टिम उपलब्ध गराइदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा माग गर्ने निर्णय गरेको हो ।

बैठकले बिरामीको उच्च चापलाई मध्यनजर गर्दै भेरी अस्पताल र शिक्षण अस्पतालमा कोभिड उपचारका लागि सङ्ख्या थप गरि दुई।दुई सय सय्या पुर्याउन अनुरोध गर्ने निर्णय गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top