राष्ट्रसंघीय मानवअधिकार परिषद्बाट अमेरिका अलग

६ असार ७५, बिहीबार

वासिङ्टन, असार ६

संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्बाट मङ्गलबार अगल हुने घोषणा गरेको छ ।

अमेरिकाले उक्त परिषदलाई राजनीतिक पूर्वाग्रह गरेको आरोप पनि लगाएको छ । आलोचना गर्दै अमेरिका सो परिपदबाट छुट्टिएको घोषणा गरेको छ ।

राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले वासिङ्टनमा यो घोषणा गरेका छिन्।

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री माइक पोम्पेओको राय बमोजिम नै यो निर्णय गरिएको पनि बताएको वासिङ्टनबाट प्राप्त समाचारमा जनाइएको छ ।

केही विदेशी स्वार्थी राष्ट्र वा व्यक्तिले आफनै सेवागर्ने निकायको रुपमा यसलाई प्रयोग गर्दै आएकाले पनि उक्त परिषदबाट अमेरिकाले निस्किने निर्णयमा पुगेको राष्ट्र संघकालागि अमेरिकी राजदूत निक्की हेलीले बताइन् ।

यस परिषदका सदस्यले आफ्ना र आपूmले गरेका मानवअधिकार उल्लङ्घनका घटना लुकाउन यो परिषद खोलेको समेत आरोप लगाएका छन्।

राष्ट्रसंघको मानवअधिकार परिषद् गतवर्ष इजरायलप्रति सधैँ पूर्वाग्रही भएको आरोप लगाउँदै अमेरिकाले सो परिषद्को सदस्यता नवीकरणको लागि आगामी दिनमा विचार गर्ने पनि बताएको छ ।

जेनेभामा सन् २००६ मा गठन भएको संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्ले मानवअधिकारको अवस्थाबारे प्रश्न उठाउन मिल्ने मुलुकहरूलाई पनि आफ्नो सदस्य बन्न दिएको आरोप अमेरिकाले विगतदेखि नै लगाउँदै आएको थियो ।

राजदूत हेलीले वासिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा मानवअधिकार परिषद्बाट अलग हुने अमेरिकी निर्णयबारे जानकारी दिएकी थिइन्।

सो पत्रकार सम्मेलनमा विदेशमन्त्री पोम्पेओ पनि सहभागी थिए । परिषद्लाई मानवअधिकारको रक्षागर्न नसक्ने र निकै कमजोर निकायको संज्ञासमेत उनले दिएका थिए।

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले आफ्ना प्रवक्तामार्फत जारी गरेको एक प्रेस वक्तव्यमा अमेरिका मानवअधिकार परिषदबाट बाहिर निस्किन नहुने बताएका छन्।

उनले यस्तो सम्वेदनशिल परिषद्बाट अमेरिका बाहिर नजाओस भन्ने आफ्नो चाहना रहेको पनि बताएकेा समाचारमा जनाइएको छ ।

उता इजरायलले भने अमेरिकाको उक्त निर्णयको स्वागत गरेको बताइएको छ । इजरायलको विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशन गरी अमेरिकाले उक्त परिषद्बाट अलग हुनेगरी गरेको निर्णयको स्वागत गरेको छ ।
रासस

 

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top