निर्माणाधीन पुलको खाल्डोमा डुबेर एकको मृत्यु

१४ बैशाख ७८, मंगलबार
Share this
720shares

१४ वैशाख, चितवन ।
मकवानपुरको हेटौँडा–१३ मा निर्माणाधीन पुलको खाल्डोमा डुबेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ।

Advertisement

ज्यान गुमाउनेमा सिन्धुपाल्चोक मेलम्ची घर भई हाल हेटौँडा–१२ बस्ने २६ वर्षीय दिनेश दङ्गाल रहेको प्रहरीले जनाएको छ।

उनी दिउँसोदेखि पुल निर्माणका लागि निर्माण सामग्री निकाल्दा बनेको कृत्रिमतालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।

Advertisement

नेपाल प्रहरी र सशस्त्र प्रहरीको पौडी टोलीले सोमबार राति अबेर उनको शव फेला पारेको थियो। (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top