कोरोना पुष्टि भएको १२ घण्टाभित्रै संक्रमितको मृत्यु

१५ बैशाख ७८, बिहीबार

१६ वैशाख,धनगढी ।
धनगढीमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलनचोककी ४६ वर्षीया महिलाको मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

मंगलबार उपचारका लागि सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरिएकी उनमा सुगर र प्रेसर समस्या थियो।

Advertisement

पीसीआर चेक गर्दा बुधबार उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोना पुष्टी भएको १२ घण्टा अर्थात बिहीबार बिहान १२ः३० बजेतिर उपचारकै क्रममा इमर्जेन्सी वार्डमा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top