×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपालले इराकसँग मे २९ तारिखमा मैत्रीपूर्ण खेल खेल्ने पक्का

१७ बैशाख २०७८

१७ वैशाख, काठमाडौँ । नेपालले अर्को महिला इराकसँग मैत्रीपूर्ण फुटबल खेल्ने पक्का भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले एसियन कपको उपाधि जितिसकेको राष्ट्र इराकसँग मे २९ मा मैत्रीपूर्ण फुटबल खेल्ने पक्का भएको बिहीबार जनाएको छ ।

Advertisement
Advertisement

तीन दिनअघि इराक फुटबल संघले नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्नेबारे समाचार सार्वजनिक गरेको थियो । तर एन्फाले भने मैत्रीपूर्ण खेल खेल्ने अन्तिम निर्णय हुन बाँकी रहेको र त्यसको गृहकार्य भइरहेको जनाएको थियो ।

बिहीबार एन्फाले मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको जनाएको हो ।

खेल मे २९ तारिखमा बास्रा इन्टरनेशनल स्टेडियममा हुनेछ । नेपालको नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको यो पहिलो खेल हुनेछ ।

विश्वकप र एसिया कप छनोटका लागि तयारी गरिरहेको इराकले त्यसैका लागि नेपालसँग मैत्रीपूर्ण खेल खेल्न प्रस्ताव गरेको थियो ।

फिफा बरियतामा इराक ६८औं स्थानमा र नेपाल १७१औं स्थानमा छ ।

विश्वकप छनोटको समूह ‘सी’मा रहेको इराक ५ खेलबाट ३ जित २ बराबरीसहित ११ अंक जोड्दै समूहको शीर्ष स्थानमा छ । सोही समूहमा इरान, बहराइन, हङकङ र कम्बोडिया छन् ।

यस्तै समूह ‘बी’ मा रहेको नेपाल १ जित र ४ हारको नतिजासहित चौथो स्थानमा छ । नेपाल रहेको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई छन् । नेपालले छनोटमा तीन खेल खेल्न बाँकी छ । नेपालले अब चाइनिज ताइपेई, अष्ट्रेलिया र जोर्डनसँग खेल्ने बाँकी छ ।

Advertisement

एसियाली फुटबल महासंघ एएफसीले बाँकी खेलहरु मे ३१ देखि जुन १५ सम्म न्युट्रल भेन्यूमा गर्न प्रस्ताव गरेपछि नेपाल रहेको समूहको खेल कुवेतमा गर्ने पछिल्लो निर्णय भएको छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top