पाटन अस्पतालमा संक्रमितले बेड भरिएपछि थप ८० बेड विस्तार

१७ बैशाख ७८, शुक्रबार

१७ वैशाख, काठमाडौँ । ललितपुरस्थित पाटन अस्पतालले कोरोना संक्रमितका लागि छुट्याएको बेड भरिएपछि थप ८० बेड विस्तार गरेको छ।

Advertisement

अस्पतालका निर्देशक डा. रवि शाक्यले यसअघि कोरोना उपचारका लागि छुट्याइएको १ सय ८० बेड नै भरिएपछि थप ८० बेड विस्तार गरिएको जानकारी दिए। उनले शुक्रबारबाटै सञ्चालनमा आउने गरी ती बेड थपिएको जानकारी दिए।

योसँगै अब पाटन अस्पतालमा कोरोना उपचारका लागि बेड संख्या २ सय ६० पुगेको छ। तर संक्रमणदर उच्च भएकाले थप गरिएको बेड पनि केही दिनमै भरिने अस्पतालले जनाएको छ।

Advertisement

निर्देशक शाक्यले ८० बेड थप गरिए पनि त्यसमा आइसियू र भेन्टिलेटर भने नभएको बताए।

शाक्यले संक्रमितको चाप अनुसार आवश्यकताका आधारमा बेड विस्तार गर्दै लैजाने बताए।

Advertisement

उनले अहिले अस्पतालको कुल बेड क्षमता ६ सय ५० रहेको भन्दै उनले बेड नपाउने स्थिति आए पूरै अस्पताल नै कोभिडको मात्र उपचार गर्ने गरी बिस्तार गर्नसक्ने अवस्थामा रहेको जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top