×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

मुख्यमन्त्री शाहीद्वारा प्रदेश अस्पताल अनुगमन

१८ बैशाख २०७८

१८ बैशाख , सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश अस्पतालको छड्के अनुगमन तथा निरीक्षण गरेका छन् ।

सामाजिक विकास मन्त्रालयसमेत सम्हालेका  मुख्यमन्त्री शाहीले शुक्रबार साँझ प्रदेश अस्पताल सुर्खेतको अनुगमन गरेका हुन् ।

Advertisement
Advertisement

कर्णालीमा पछिल्लो २४ घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएपछि उनले अस्पताल पुगेर बिरामीहरूको उपचार अवस्थाबारे जानकारी लिएका हुन् ।

आर्थिक मामिला तथा योजना मन्त्री बिमला केसीसहित अस्पताल पुग्नुभएका मुख्यमन्त्री शाहीले कोरोना सङ्क्रमितहरू रहेको आइसोलेशन वार्डको निरीक्षण गरिन् ।

अस्पतालको सेवा तथा बिरामीहरूको अवस्थाको अनुगमन तथा निरीक्षणको क्रममा उनले अस्पताल निर्देशक डा डम्बर खड्का र कोरोना सम्पर्क व्यक्ति डा केएन पौडेलसँग उपचार सेवा प्रभावबारे जानकारी लिइन् ।

अनुगमनपश्चात अस्पतालका निर्देशक डा खड्कासहित चिकित्सकहरूलाई उपचार सेवा प्रभावकारी बनाउन निर्देशन दिए । कोभिड उपचारका लागि अग्रभागमा रही सेवा गरिरहेका स्वास्थ्यकर्मीहरूका गुनासो एवं समस्याबारे पनि उनले जानकारी लिएका थिए ।

स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले शुक्रबार बेलुका वीरेन्द्रनगर नगरपालिका १० सुर्खेतका ३२ वर्षीय महिलाको मृत्यु भएको जनाएको छ । योसँगै कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ ।

Advertisement
Advertisement

कर्णाली प्रदेशमा २५३ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै सङ्क्रमित हुनेको सङ्ख्या ९ हजार ३४७ पुगेको निर्देशनालयले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top