मुख्यमन्त्री पोखरेलको सपथ रोक्न माग गर्दै विपक्षीको धर्ना

मुख्यमन्त्री पोखरेलको सपथ रोक्न माग गर्दै विपक्षीको धर्ना

१९ बैशाख, काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेलको सपथ रोक्न माग गर्दै प्रदेश प्रमुख कार्यालयमा विपक्षी गठबन्धनका नेताहरुले धर्ना दिएका छन् ।

४२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख धर्मनाथप्रसाद शाहलाई भेटेर उनीहरुले सरकारको नेतृत्वमा दावी गर्दै पोखरेलको सपथ रोक्न माग गरेका छन् । उनीहरुले अहिले प्रदेश प्रमुखको कार्यालयबाहिर धर्ना दिएका छन् ।

अल्पमतमा परिसकेका पोखरेललाई नियुक्त नगर्न माग गर्दागर्दै नियुक्त गरिनु असंवैधानिक भएको माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाका नेताहरु बताउँछन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.