प्रधानमन्त्रीले विश्वासको मत लिने भनेपछि देउवाले बोलाए पदाधिकारी बैठक

२० वैशाख, काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।

Advertisement

सोमबार दिउँसो २ बजे बुढानिलकण्ठस्थित सभापतिकै निवासमा पदाधिकारी बैठक बोलाइएको हो। बैठकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमबारे छ्लफल हुने नेताहरुले बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने निर्णय गरको भोलिपल्ट प्रमुख विपक्षी कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो।

Advertisement

कांग्रेसले ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय केन्द्रीय समितिबाट गरिसकेको छ। त्यसका लागि नेकपा माओवादी केन्द्रले समर्थन गरे पनि जसपाले निर्णय दिएको छैन।

प्रधानमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव पेश गर्ने गृहकार्य गरिरहेको कांग्रेसले प्रधानमन्त्रीले नै विश्वासको मत लिने भनेपछि आवश्यक रणनीति तय गर्न पदाधिकारी बैठक राखेको छ।

Advertisement

केही दिनअघि सभापति देउवाले संख्या नपुगेकोले अविश्वास प्रस्ताव नलगेको बताएका थिए। यसैबीच प्रधानमन्त्रीले विश्वासको मत लिने भनेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा वैशाख २७ गतेका लागि संसद अधिवेशन आह्वान गरिसकेकी छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top