बहुमत भएका बखत मुख्यमन्त्रीमा दाबी गरिएको होः मुख्यमन्त्री पोखरेल

२० बैशाख ७८, सोमबार

२० वैशाख, विराटनगर ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभामा बहुमत प्राप्त दलको अवस्थामा रहेका बखत मुख्यमन्त्रीमा दाबी गरिएको र सोही अनुसार नियुक्ति पनि भएको प्रष्ट्याएका छन्।

Advertisement

आफू मुख्यमन्त्रीमा नियुक्त भइसकेपछिको विवादको निरुपण प्रक्रिया अनुरुप हुने पनि उनले बताएका छन्। बहुमत प्राप्त दललाई सरकार गठन गर्ने अधिकार सदैव रहने उनको भनाइ छ।

‘संवैधानिक रुपमा उत्पन्न विवादको निरुपण भएर बहुमत गुमेको अवस्थामा सरकारमा रही रहने कुरा सम्भव छैन’, पोखरेलले भनेका छन्, ‘तर अहिलेको अवस्था त्यो होइन।’

Advertisement

आइतबार बिहान राजीनामा दिएका पोखरेलले दिउँसो पुनः मुख्यमन्त्रीमा नियुक्ति लिएर साँझ शपथ खाएका थिए। तर नेपाली कांग्रेस र माओवादी केन्द्र लगायतका दलले मुख्यमन्त्री पोखरेलसँग बुहुमत नरहेकोले शपथ रोक्न माग गर्दै नाराबाजी र धर्ना दिएका थिए।

बहुमत गुमाइसकेका पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरिएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वक्तव्य जारी गरेर निन्दा गरेका छन्।

Advertisement

यसबारे सोमबार बिहान मुख्यमन्त्री पोखरेलले फेसवुकमार्फत जवाफ दिएका छन्। मुख्यमन्त्री पोखरेलले आफ्नो बहुमत नगुमेको जिकिर गरेका छन्।

उनले सूर्य चिन्हबाट चुनाव लडेका सबै प्रतिनिधि कानुन अनुसार एमालेमै रहने जिकिर गरेका छन्।

एमाले र माओवादी एकीकरण भएर बनेको नेकपाबाट सूर्य चिन्ह लिइ चुनाव लडेका प्रतिनिधिको राजनीतिक दल कुन हुने भन्ने सम्बन्धमा विवाद रहेको छ।

सम्बन्धित प्रतिनिधिलाई नै एमाले वा माओवादीमा जाने निर्णय गर्न दिनु पर्ने एक पक्षको तर्क छ भने सूर्य चिन्ह एमालेको भएकाले उनीहरु एमालेकै प्रतिनिधि हुने जिकिर अर्को पक्षको छ।

यस सम्बन्धी मुद्दा अहिले अदालतमा विचाराधीन अवस्थामा छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top