२१ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई हप्ताका लागि पार्टीको जिम्मेवारीबाट बिदा लिएको बताएका छन् ।
सामाजिक सञ्जालमा उहाँले आफू दुई हप्ताका लागि पार्टीको जिम्मेवारीबाट अलग भएको बताउनुभएको हो ।
कोरोना सङ्क्रमण भएपछि होम आइसोलेशनमा रहनुभएका शर्माले स्वस्थ भएर छिट्टै नै पूर्ण जाँगरसहित काममा फर्कने पनि बताएका हुन् ।
साथै उनले स्वास्थ्य लाभको कामना गर्ने शुभेच्छुकप्रति धन्यवाद दिएका छन् ।