स्थानीय तहमा अक्सिजनसहितको आइसोलेशन केन्द्र

२१ बैशाख ७८, बुधबार

२२ बैशाख, भरतपुर । नयाँ भेरियन्टसहित पुनः तीव्ररूपमा फैलिरहेको कोरोना भाइरसको महामारीबाट बच्न चितवनका स्थानीय तह सक्रिय बन्न थालेका छन् ।

दैनिकजसो कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि स्थानीय तह आवश्यक पूर्वतयारीमा जुटेका हुन् ।

जिल्लाका अस्पतालमा आइसीयू र भेन्टिलेटरमा राख्नुपर्ने बिरामी पनि बढिरहेका छन् । अस्पतालमा शय्या भरिन थालिसकेका छन् । यस्तो अवस्थामा कोरोना फैलिनबाट रोक्न जिल्ला प्रशासन कार्यालयले चितवनमा निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञा जारी भए पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा छ ।

बिरामीलाई शय्या अभाव हुन नदिनका लागि आइसालेशन तयार गर्न प्रशासन कार्यालयले स्थानीय सरकारलाई आग्रह गरेको छ ।

भरतपुर महानगरबाहेकका सबै स्थानीय तहले अक्सिजन दिनुपर्ने अवस्थाका बिरामीलाई लक्ष्य गरेर अक्सिजनसहितको आइसोलेशन शय्या तयार पारेका छन् ।

रत्ननगर नगरपालिकाले दुई ठाउँमा अक्सिजनसहितको आइसोलेशन केन्द्र निर्माण गरेको जनाएको छ । वडा नं १६ वडा कार्यालयको सभाहलमा २० शय्या र रत्ननगर अस्पतालमा आठ शय्याको आइसोलेशन केन्द्र तयार गरी सञ्चालनमा ल्याएको हो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top