×

NEPAL TIMES UPDATES

Playing
नाइजेरियन महिला प्रकरण संसद्मा,कारबाहीको माग, कृष्णले भने छानविन हुन्छ || Nepal Times
May 19, 2026
Playing
नेपालको ग्रीन इकोनोमी : ४ अर्बको कमाइ भइसक्यो अझै छ अवसर || Nepal Times
May 19, 2026
Playing
सुलभको हातमा हिरासतमा पनि आइप्याड, ललितपुर प्रहरीमाथि छानविन || Nepal Times
May 19, 2026
Playing
Top 15 Afternoon News || May-19-2026 || Nepal Times
May 19, 2026
Playing
डा.मनोजमाथि गम्भिर उजुरी,प्रधानन्यायाधीश बनाए देश गृहयुद्धमा जान्छ ! || Nepal Times
May 19, 2026
Playing
सुन्धाराको महिला बन्दीगृहभित्र मौलाएको प्रेम कथा|| Nepal Times
May 19, 2026
Playing
पुटिनलाई भव्य स्वागत गर्दै सी जिनपिङ || Nepal Times
May 19, 2026
Playing
संसदीय सुनुवाइमा एमाले–नेकपाको शंका, बारले लालटिन बाल्दै || Nepal Times
May 19, 2026
Playing
साउदीलाई जोगाउन पाकिस्तानले पठायो लडाकु विमानको स्क्वाड्रन र हजारौं सैनिक|| Nepal Times
May 19, 2026
Playing
आज दिउँसै लालटिन बालेर वकिलहरुको प्रर्द शन || Nepal Times
May 19, 2026

सगरमाथा आरोहण गरिरहेका १७ जनालाई कोरोना संक्रमण

२२ बैशाख २०७८

२२ बैशाख, काठमाडौँ ।  सगरमाथा आरोहीहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । आरोहण टोलीका १७ जना सदस्यलाई कोरोना पुष्टि भएको हो ।

पर्वतारोही र स्थानीय अधिकारीहरुले बताए अनुसार सगरमाथा आधार शिविरमा संक्रमणले भयावह रुप लिनसक्ने अवस्था देखिएको छ । आधार शिविरमा रहेका अन्य व्यक्तिहरुमा पनि कोरोना संक्रमणको लक्षण देखिएको बताइएको छ ।

Advertisement
Advertisement

आधार शिविरका अधिकारीहरुले जनाए अनुसार आरोहण टोलीका सदस्यहरुलाई काठमाडौँस्थित अस्पताल पठाएर परीक्षण गराउँदा १७ जनामा संक्रमण पुष्टि भएको हो । नेपाल सरकारले भने यसबारे आफूहरुलाई जानकारी नभएको जनाएको छ ।

गत वर्ष कोरोना संक्रमण फैलिएसँगै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा पनि रोक लगाइएको थियो । यस वर्ष आरोहण खुलाइएपछि पछिल्लो समय आधार शिविरमा पनि भीडभाड बढेको छ ।

’हामीले १७ जना सगरमाथा आरोहीलाई संक्रमण पुष्टि भएको जानकारी काठमाडौँबाट प्राप्त गरेका छौँ,’ हिमालयन उद्वार संघका एक अधिकारी ल्हाक्पा नुरु शेर्पाले बताए ।

शेर्पाले भनेका छन्, ’हामीले अभियान टोलीलाई अनुरोध गरेका छौं कि बिरामी परेका आफ्ना सदस्यहरुलाई उडान गर्नु भन्दा पहिले हामीलाई थाहा दिनुहोस् । जब कि को बिरामी भइरहेको छ भनेर हामीलाई पहिले नै थाहा हुनेछ ।’

Advertisement
Advertisement

कोरोनाको नयाँ लहर नेपालमा पनि फैलिन थालेपछि पछिल्लो समय नेपालमा संक्रमितको संख्या ह्वात्तै बढेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि राजधानी काठमाडौँ सहित विभिन्न जिल्लामा लकडाउन लगाइएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top