संसद सचिवालयका उपसचिव खनालको कोरोना संक्रमणबाट निधन

संसद सचिवालयका उपसचिव खनालको कोरोना संक्रमणबाट निधन

२४ बैशाख, काठमाडौं । संघीय संसद सचिवालयमा कार्यरत उपसचिव कृष्ण खनालको कोरोना संक्रमणबाट निधन भएको छ ।

तनहँ  म्याग्दे गाउँपालिका–१ घर भएका उपसचिव खनालले २२ गते संसद सचिवालयका सांसद तथा कर्मचारीको पीसीआर परीक्षण गराएका बेला नै स्वाब दिएका थिए ।

कानुन मन्त्रालयबाट संसद सचिवालयमा सरुवा भएका उनको शुक्रबार बिहान निधन भएको हो । चन्द्रागिरी–१२ स्थित घरमै आइसोलेसनमा रहेका खनाललाई शुक्रबार बिहान श्वास प्रश्वासमा समस्या भएपछि उपचारका लागि लैजाँदै गर्दा बाटोमै निधन भएको हो ।

मुटुसम्बन्धी स्वास्थ्य समस्या भएका खनालको हालै मात्र पत्थरीको उपचारका लागि शल्यक्रिया गरिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.