काश्मीरमा गोली हानाहान हुँदा ६ जनाको मृत्यु

काश्मीरमा गोली हानाहान हुँदा ६ जनाको मृत्यु

काश्मीर, असार ८

भारत नियन्त्रित काश्मीरमा भएको गोली हानाहानमा परी शुक्रबार कम्तीमा ६ जना मारिएका छन् ।

मारिनेमा चार जना लडाकू, एक जना प्रहरी र एक जना आम नागरिक रहेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

लडाकू र सरकारी सुरक्षाकर्मीका बीचमा भएको झडपका क्रममा अरू कैयौँ व्यक्ति घाइते भएका छन् ।

श्रीनगरदेखि ५९ किलोमिटर टाढा पर्ने श्रीगुफ्वाराको न्युशेरा भन्ने ठाँउमा घटना भएको अधिकरीहरुले बताएका छन् ।

स्थानीय एक वरिष्ठ प्रहरी अधिकृतले प्रहरीतर्फ पनि एक जनाको मृत्यु भएको पुष्टी गर्दै आम नागरिक एक जना र चार जना लडाकू मारिएको जानकारी दिए ।
रासस

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.