लुम्बिनी प्रदेशमा विशेष अधिवेशनको माग

Share this
758shares

२६ बैशाख, रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका विपक्षी दलहरूले विशेष अधिवेशन माग गरेका छन् ।

Advertisement

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवलाई भेटेर अविश्वास प्रस्तावमाथि छलफलका लागि विशेष अधिवेशन आह्वान गर्न माग गरेका हुन् ।

विपक्षी दलले प्रदेश प्रमुख यादवलाई बुझाएको माग पत्रमा मुख्यमन्त्री पोखरेलको पक्षमा प्रदेश सभामा बहुमत नरहेको भन्दै बहुमतमा रहेका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव पनि गरेका छन् ।

Advertisement

विपक्षी दलहरूले ४० जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका हुन् । यसअघि वैशाख ६ गते सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि पनि छलफल भएको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top