महिला हिंसाको यस्तो रुप,विराटनगरकी संगिताको औँला चुँडियो !

महिला हिंसाको यस्तो रुप,विराटनगरकी संगिताको औँला चुँडियो !

विराटनगर,असार ९
विराटनगर वडा नं -८ मधुमारा निवासी टेकबहादुर गिरिले स्थानिय संगिता पोख्रेलमाथि कुटपिट गरि अङ्गभङ्ग बनाईदिएका छन् ।

सामान्य विवादमा गिरिले उनीमाथि कुटपिट गरि दाँतले टोकेर हातको औँला समेत चुँडाईदिएका हुन् ।

घाईते पोख्रेलको न्युरो हस्पिटल विराटनगरमा उपचार भईरहेको विराटनगरका स्थानिय नारायण गौतमले बताए ।

नेपाली काङ्ग्रेस क्रियाशिल सदस्य समेत रहेकी संगिता पोख्रेलमाथि अमानविय ढंगले हिंसा एवम् अङ्गभङ्ग पारेको प्रति तरुणदल वडा समितिले भत्र्सना गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।

दोषी टेकबहादुर गिरिलाई पक्राउ गरि हाटखोला प्रहरीचौकीमा राखिएको जनाईएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.