जसपाले राष्ट्रपतिलाई गरायो जानकारी : गठबन्धन सरकारमा जाँदैनौँ

जसपाले राष्ट्रपतिलाई गरायो जानकारी : गठबन्धन सरकारमा जाँदैनौँ

२९ बैशाख , काठमाडौं । जनता समाजवादी पार्टी जसपाले सो पार्टी गठबन्धन सरकारमा सहभागी नहुने जनाएको छ ।

जसपाका प्रथम अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी जसपा नयाँ बन्न लागेको गठबन्धन सरकारमा सामेल नहुने स्पष्ट पारेका हुन् ।

पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव गठबन्धनमा सहभागी हुने कुरा मिथ्या भएको भन्दै ठाकुर र महतोले त्यसमा पार्टीको समर्थन नरहेको बताएका हुन् ।

शीतलनिवासमा राष्ट्रपति भण्डारीलाई पत्र बुझाएर गठबन्धनको सरकारमा नजाने जसपाले स्पष्ट पारेको हो ।

राष्ट्रपतिले संयुक्त सरकार बनाउन आह्वान गरेपछि नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन कसरत तिब्र पारेको छ । तीनदिनको समय सिमा भोलि राति नौ बजे सकिँदै छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.