ट्यूनिसियालाई ५–२ को गोल अन्तरले हराएपछि बेल्जियम अन्तिम १६ को नजीक

१० असार ७५, आइतबार
Share this
775shares

रूस, असार  ९

Advertisement

विश्वकप फुटबलको शनिबार भएको पहिलो खेलमा ट्यूनिसियाविरूद्ध ५–२ को फराकिले अन्तरले जितेको छ ।

यससँगै बेल्जियम विश्वकपको अन्तिम १६ समूहभित्र पर्ने सम्भावना प्रवल भएको छ । अन्तिम १६ मा पर्न उक्त समूहको अझै एक खेललाई पर्खिनुपर्ने हुन्छ ।

Advertisement

शनिबारको खेलमा बेल्जियमका लागि इडेन हाजार्ड र रोमेलु लुकाकुले दुई दुई गोल र मिची बाट्सुयायीले एक गोलको योगदान गरेका छन् ।

ट्यूनिसियालाई बेल्जियमको शानदार प्रस्तुतिबीच पनि डाइलन ब्रोन र वाहवी खाज्रीले एक एक गोल गरेका हुन् ।
रासस

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top