ओलीले छिटै संसदबाट विश्वासको मत लिने

ओलीले छिटै संसदबाट विश्वासको मत लिने

४ जेष्ठ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः संसदबाट विश्वासको मत लिने तयारी गरेका छन्।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफूले चाँडै संसदबाट विश्वासको मत लिन लागेको जानकारी गराएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।

उनका अनुसार मिति टुंगो नलागे पनि चाँडै लिने गरी मन्त्रिपरिषद बैठकमा जानकारी गराएको बताए।

वैशाख ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदको ठूलो दलको हैसियतमा संविधानको धारा ७६ को उपधारा ३ अनुसार नियुक्त भएका प्रधानमन्त्रीले विश्वास मत लिने तयारीमा आफू रहेको बताएका हुन्।

अल्पमतको सरकार बनेपछि यो सरकारले विश्वासको मत नलिइ बजेट ल्याउन नमिल्ने विपक्षीले बताउँदै आएका छन्।

गत आइतबार वरिष्ठ नेता माधवकुमार नेपालसँगको वार्तापछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा जिवितै रहेकाले नियमित प्रक्रियाबाटै बजेट आउने बताएका थिए।

उनले अध्यादेशमार्फत बजेट ल्याउनेबारे पार्टी र सरकारमा कुनै छलफल नभएको पनि बताएका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.