हमास समूह वर्षौं अघिको अवस्थामा पुग्यो : इजरायली प्रधानमन्त्री नेतान्याहु

५ जेठ, एजेन्सी ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूहरुको कारबाहीबाट प्यालेस्टाइनको सुन्नी इस्लामिक कट्टरपन्थी समूह हमासमा ठूलो क्षति भएको बताएका छन् ।

प्रधानमन्त्री नेतान्याहूले इजरायलले नौ दिनसम्म गरेको कारबाहीबाट आतंककारी समूहमा क्षति भएको र अब हमास धेरैवर्ष पहिलेको अवस्थामा फर्किएको बताएको बीबीसीले जनाएको छ ।

इजरालयले गाजामा हमासमाथिको कारबाही जारी राखेको छ भने हिजो प्यालेस्टाइनको रकेट प्रहारबाट इजरायलमा दुई जना विदेशी कामदारको पनि ज्यान गएको नेतान्याहुले बताए ।

उनले आतंककारी समूहलाई पराजित गरेर इजरायलमा शान्ति स्थापना नहुञ्जेल कारबाही नरोकिने पनि बताए ।

इजरायलको आक्रमणबाट गाजामा अहिलेसम्म एक सय भन्दा धेरै महिला र बालबालिका सहित कम्तिमा दुई सय १५ जनाको ज्यान गएको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

मारिनेमध्ये एक सय ५० भन्दा धेरै हमास समूहमा आबद्ध रहेका इजरायलले दाबी गरेको छ । इजरायलमा दुई बालबालिका सहित १२ जनाको ज्यान गएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top