सेरमले अरू देशमा भ्याक्सिन नपठाउनेः नेपालमा तत्कालै खोप आउने सम्भावना टर्यो

५ जेठ ७८, बुधबार
Share this
691shares

५ जेष्ठ, एजेन्सी ।
भारतको सेरम इन्स्टिच्युटले कोभिड भ्याक्सिन भारतबाहेक अरू देशमा तत्कालै नपठाउने जानकारी दिएको छ।

Advertisement

पछिल्लो समय कोरोना विरुद्धको खोप उत्पादन गर्दै आएको कम्पनीले एक विज्ञप्ति जारी गर्दै भारतको खोप अभियानलाई प्राथमिकतामा राखेकाले तत्काल निर्यात नगर्ने जानकारी दिएको हो।

यता सेरमले तत्कालै खोप निर्यात नगर्ने बताएपछि नेपाल सरकाले यसअघि खरिद गरेपनि आउन बाँकी रहेको १० लाख खोप तत्काल आउने सम्भावना टरेको छ। नेपालले २० लाख डोज खोप खरिदका लागि सेरमलाई रकम बुझाए पनि १० लाख डोज खोप अझै आएको छैन।

Advertisement

अब तत्काल खोप नआए गत फागुन २३ गतेबाट पहिलो डोज लगाएका ६५ वर्षमाथिका नागरिकले दोस्रो डोज लगाउने कार्यक्रम प्रभावित हुने सम्भावना बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरू बताउँछन्।

‘यसअघि १० लाख पठाएको एक हप्ताभित्र पुनः १० लाख डोज पठाउने सम्झौता भएर दोस्रो चरणको खोप अभियान शुरू गरियो, सो खोप अहिलेसम्म आइपुगेको छैन, अब झट्टै खोप आउने सम्भावना नभएपछि दोस्रो चरणमा कोभिसिल्ड खोप लगाएकाहरूले लगाउनुपर्ने दोस्रो मात्रा खोप कार्यक्रम प्रभावित हुने सम्भावना छ,‘ मन्त्रालयका एक अधिकारीले भने।

Advertisement

भारत सरकारले अहिले खोप निर्यातमा रोक लगाएको छ। कम्पनीले सन् २०२१ को अन्त्यतिरबाट मात्रै अन्य देशमा खोप निर्यात गर्न सकिने बताएको छ।

खोप खरिदका लागि रकम बुझाइसकेका देशको विषयमा पनि सेरमले प्रष्ट रूपमा उल्लेख गरेको छैन। सेरम संसारमा धेरै खोप उत्पादन गर्ने मध्येको कम्पनी हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top