कर्मचारी नियुक्तिमा स्थानीय तहले मनपरी गर्न खोजेः लालबाबु पण्डित

कर्मचारी नियुक्तिमा स्थानीय तहले मनपरी गर्न खोजेः लालबाबु पण्डित

विराटनगर,असार ११

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले करारमा कर्मचारी राख्ने नाममा स्थानीय तहका प्रमुख र प्रशासकीय अधिकृतले मनपरी गर्न खोजे पछि आफूले रोकेको बताएका छन ।

विराटनगर विमानस्थलमा सोमबार संचारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले स्थानीय तहमा अपुग रहेका कर्मचारी नियुक्ति करामा गर्दा नातावाद देखिएकोले छिट्टै प्रादेशीक लोकसेवा आयोगको व्यवस्था गरेर मात्रै कर्मचारी नियुक्ति गरिने बताएका हुन् ।

उनले करारमा कर्मचारी नियुक्ति गर्न नपाएर कुनै समस्या नभएको र प्राविधिक कर्मचारीको विषयमा भने करारमार्फत काम चलाउँदै जाने पनि बताए । मन्त्री पण्डितले ९५ प्रतिशत कर्मचारी खटाएको ठाउँमा पुगिसकेको पनि बताए ।

मन्त्री पण्डितले प्रदेशका मन्त्रालयका कर्मचारीहरु सरुवाको विषयमा आएको टिप्पणी र असहमतिको विषयमा आफू नलाग्ने बताए । उनले केन्द्र सरकारले प्रदेशसँग समन्वय गरेरै प्रशासन चलाउने भएकोले बेला–बेलामा आएका टुक्रे कुरालाई बोक्नु आवश्यक नरहेको पनि बताए ।

मन्त्री पण्डितले असार १ गतेदेखि ट्रेड युनियनका पदाधिकारी तथा अन्यलाई पनि काममा खटाएको बताए ।

सरकारले ट्रेड युनियन एक आधिकारिक ट्रेड युनियन रहनुपर्छ भन्ने प्रस्ताव अगाडि सारेको बताउँदै पण्डितले संघीय निजामती सेवा ऐन छलफलको क्रममा रहेको र छिट्टै उक्त ऐन मन्त्रिपरिषद्मा लगिने बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.