नेपालको कूटनीतिक सम्बन्ध १७० देशमा विस्तार

११ जेठ ७८, मंगलबार
Share this
706shares

११ जेठ, काठमाडौं ।

Advertisement

नेपालको कूटनीतिक सम्बन्ध १७० देशमा विस्तार भएको छ । पश्चिम अफ्रिकी मुलुक गाम्बियासँग आज दौत्य सम्बन्ध स्थापना भएसँगै नेपालको कूटनीतिक सम्बन्ध १७० मुलुकमा फैलिएको हो ।

कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि÷राजदूत अमृतबहादुर राई र उक्त विश्वसंस्थाका लागि गाम्बियाका स्थायी प्रतिनिधि÷राजदूत लाङ यावौले राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगमा आज बिहान आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे ।

Advertisement

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई नेपाल र गाम्बियाबीच कूटनीतिक सम्बन्ध स्थापना गरिएको जनाउ दिने संयुक्त जानकारीपत्रमा पनि दुवै राजदूतले हस्ताक्षर गर्नुभएको उक्त नियोगले जनाएको छ ।

त्यस अवसरमा दुवै देशका स्थायी प्रतिनिधिले पारस्परिक हितका खातिर राष्ट्रिय तथा बहुपक्षीय मञ्च, विशेष गरी राष्ट्रसङ्घमा द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने सम्बन्धमा विचार आदानप्रदान गरेका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top