खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारमा बर्सेनि अस्थायी बेलिब्रिज राखिँदै हटाइँदै

११ जेठ ७८, बुधबार

१२ जेठ, खोटाङ।

खोटाङ र उदयपुर जोड्ने सुनकोशीमा रहेको फोक्सिङटारको अस्थायी बेलिब्रिज हटाउन थालिएको छ ।

खोटाङलाई पूर्वी सहरसँग जोड्ने दिक्तेल–गाईघाट सगरमाथा राजमार्ग अन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका ५ आँपटार जोड्ने सुनकोशीमा रहेको फोक्सिङटारमा गएको मङ्सिर २८ गतेदेखि सञ्चालनमा ल्याइएको बेलिब्रिज खोल्न सुरु गरिएको हो ।

गाईघाट–दिक्तेल सडक आयोजनाको झन्डै ८४ लाख रुपैयाँमा बेलिब्रिज राख्ने, हटाउने र सामान स्टोर गर्ने ठेक्का लिएको रेग्मी निर्माण सेवा गाईघाटले झन्डै हप्ता÷दश दिनमा बेलिब्रिज हटाइ सक्ने गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर गोपाल खकुरेलले बताए ।

एक सय एक किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने ५० मिटर लम्बाइ भएको बेलिब्रिज हटाइए पछि कम्तीमा ६ महिनाका लागि दिक्तेलबाट सिधैँ गाईघाट हुँदै धरान, विराटनगर लगायतका सहर जाने दोस्रो र छोटो बाटो बन्द हुने छ ।

फोक्सिङटारमा निर्माणाधीन पक्की आर्क डिजाइनको पुलको काममा ठेकेदारको चरम ढिलासुस्ती भएपछि यस ठाउँमा गएको ६ वर्षदेखि बेलिब्रिज राख्ने गरिएको छ ।

म्याद सकिएको वर्षाैँ बित्दा समेत पक्की पुल निर्माणको काम पूरा हुन नसकेको अवस्थामा फोक्सिङटारमा बेलिब्रिज राख्ने र हटाउने काममै नेपाल सरकारको बर्सेनि करोडौँ खर्च भइरहेको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top