१५ दिनमा खोप खरिदको विषय टुङ्गो लाग्छ : मन्त्री ज्ञवाली

१४ जेठ, काठमाडौं ।

Advertisement

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले अबको १५ दिनमा कोभिड–१९ खोप खरिदको विषय टुङ्गो लाग्ने बताएका छन् ।

स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले विभिन्न देशमा खोप खरिदका लागि पहल गरिरहेको र सकारात्मक जवाफ आएको बताए ।

Advertisement

यस्तै मन्त्री ज्ञवालीले चीनले अनुदान स्वरूप दिने भनेको १० लाख डोज कोभिड खोपमध्ये दुई लाख डोज खोप आउँदो आइतवार नेपाल आउने पनि बताए । बाँकी आठ लाख डोज खोप आउँदो मङ्गलवारसम्ममा आउने उनले बताए ।

गएको बुधवार (अस्ति) राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिजपिङबीच भएको टेलिफोन संवादपछि चीनले नेपाललाई १० लाख डोज कोभिड खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको थियो । यसअघि पनि चीनले नेपाललाई आठ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो ।

Advertisement

यसैबीच कोभिशिल्ड खोपको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई एस्ट्राजेनेकाको खोप दोस्रो डोजका रूपमा लगाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६५ वर्षमाथिका झन्डै साढे चार लाख ज्येष्ठ नागरिकलाई एस्ट्राजेनेकाको खोप लगाउने तयारी गरेको हो ।

भारतले कोभिशिल्ड खोप निर्यातमा प्रतिबन्ध लगाएपछि तत्काल खोप आउने सम्भावना नभएकाले त्यसको विकल्पमा एस्ट्राजेनेकाको खोप दिने तयारी गरेको स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखा निर्देशक डाक्टर तारानाथ पोखरेलले जानकारी दिए ।

उनका अनुसार कोभ्याक्सलाई एस्ट्राजेनेका वा जोनसन एन्ड जोनसनको खोप उपलब्ध गराइदिन सिफारिस गरिसकिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top