मोरङ, असार १३
भारततर्फ तस्करी हुन लागेको २७ वटा चौपाया प्रहरीले नियन्त्रणमा लिएको छ।
गस्तीमा रहेको प्रहरी टोलीले मंगलबार रातीे रंगेली नगरपालिका– ३ बेतौना, धनपालथान गाउँपालिका १ नोचा र सोही गाउँपालिका २ भवानीपुरबाट चोरी छिपाई भारततर्फ तस्करी हुँदै गरेको २३ वटा गोरु र २ वटा गाई नियन्त्रणमा लिएको इलाक प्रहरी कार्यालय रंगेलीले जनाएको छ।