अवैध ढुङा, गिट्टी ओसारपसारमा संलग्न पाँच सवारी नियन्त्रणमा

१२ असार ७५, बुधबार

मोरङ, असार १३

Advertisement

मोरङको सुन्दरहरैचा नगरपालिका–५ बाट अवैध ढुङा,गिट्टी, बालुवा ओसारपसारमा संलग्न पाँच वटा सवारी साधनलाई प्रहरीले नियन्त्रण लिएको छ।

अवैध रुपमा ढुङा, गिट्टी, बालुवा ओसारपसारमा संलग्न दुई वटा टिपर र तीन वटा ट्याक्टरलाई मंगलबार साँझ नियन्त्रणमा लिएको प्रहरी चौकी गछियाले जनाएको छ ।

Advertisement

नियन्त्रणमा लिईएका सवारी साधनहरुमा को १ ख ६३०७ र को १ ख ६३०८ नम्बरको टिपर तथा को २ त ६४००, ना ६ त १८४८ र को १ त ८७३० नम्बरको ट्याक्टर छन्।

नदीजन्य पदार्थ ओसारपसारमा आवश्यक कागजात नभएको कारण ती सवारी साधनलाई नियन्त्रणमा लिइएको र अनुसन्धान पश्चात जिल्ला समन्वय समितिको कार्यालयमा पठाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top