मोरङ, असार १३
मोरङको सुन्दरहरैचा नगरपालिका–५ बाट अवैध ढुङा,गिट्टी, बालुवा ओसारपसारमा संलग्न पाँच वटा सवारी साधनलाई प्रहरीले नियन्त्रण लिएको छ।
अवैध रुपमा ढुङा, गिट्टी, बालुवा ओसारपसारमा संलग्न दुई वटा टिपर र तीन वटा ट्याक्टरलाई मंगलबार साँझ नियन्त्रणमा लिएको प्रहरी चौकी गछियाले जनाएको छ ।
नियन्त्रणमा लिईएका सवारी साधनहरुमा को १ ख ६३०७ र को १ ख ६३०८ नम्बरको टिपर तथा को २ त ६४००, ना ६ त १८४८ र को १ त ८७३० नम्बरको ट्याक्टर छन्।
नदीजन्य पदार्थ ओसारपसारमा आवश्यक कागजात नभएको कारण ती सवारी साधनलाई नियन्त्रणमा लिइएको र अनुसन्धान पश्चात जिल्ला समन्वय समितिको कार्यालयमा पठाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।