२० जेठ, काठमाडौँ ।
प्रदेश १ सरकारले आगामी जेठ २४ गते प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेको छ ।
बिहीबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद बैठकले जेठ २४ गते २ बजे वर्खे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए । अध्यादेशबाट बजेट ल्याउन लागेको भन्दै चौतर्फी विरोध भइरहेको छ ।