नेपालमा कोरोनाको नयाँ ‘भेरियन्ट’ फेला परेको जानकारी छैन : डब्ल्यूएचओ

नेपालमा कोरोनाको नयाँ ‘भेरियन्ट’ फेला परेको जानकारी छैन : डब्ल्यूएचओ

२० जेठ, काठमाडौं ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नेपालका कोभिड–१९ (कोरोना भाइरस) को कुनै नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको बताएको छ ।

नेपालमा कोरोनाको नयँ भेरियन्ट फैलिएको भनेर हल्ला चलिरहेका बेला डब्ल्यूएचओको नेपालमा रहेको कार्यालयले बिहीवार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारेमा जानकारी दिएको हो ।

‘नेपालमा सार्स–कोभ–२ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य सङ्गठन अवगत छैन’, फेसबुक पेजमा भनिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.