अबको केही दिनमै सरकारमा सहभागी हुन्छौँ : जसपा नेता कर्ण

१९ जेठ ७८, बिहीबार

२० जेठ, काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूह अबको केही दिनभित्रै सरकारमा सहभागी हुने भएको छ ।

आफूहरू अबको केही दिनमै सरकारमा सहभागी हुने तयारी भएको जसपाको महन्थ ठाकुर समूहका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

तर जसपाको उपेन्द्र यादव समूह भने यसअघि देखि नै प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा उभिएको छ । यो समूहले प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक भन्दै आइरहेको छ ।

जसपाको एउटा समूह सरकारमा जाने तयारी गरिरहँदा अर्को समूह विपक्षी गठबन्धनको साथमा रहेको छ । यसले जसपा औपचारिक रूपमा फुटको सङ्घारमा पुगेको छ ।

प्राविधिक रूपमा एउटै पार्टी भए पनि व्यावहारिक रूपमा उनीहरू फरक गतिविधिसहित अघि बढिरहेका छन् । विवाद बढ्दै जाँदा दुवै समूहले एकले अर्को समूहलाई कारबाही गर्दै अघि बढेका छन् ।

जसपाका दुई अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरले एकले–अर्कालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरेर निष्कासन गरेका छन् । उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गरिदिएको छ । यस्तै अध्यक्ष महन्थ ठाकुर पक्षले उपेन्द्र यादवलाई पनि साधारण सदस्यबाटै निष्कासन गरेको छ ।

दुवैले कारबाहीको जानकारी निर्वाचन आयोगलाई गराएको छ । आयोगले भने कारबाहीका लागि थप विवरण पेस गर्न माग गरेको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top