×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026
Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026
Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026

राष्ट्र बैंकले एक सातामै उठायो १० अर्ब ३० करोड, कर्जा लगानी कम भएर तरलता बढी देखिएकाे बैंकरहरूकाे भनार्इ

१३ असार २०७५

विराटनगर,असार १३
नेपाल राष्ट्र बैँकले एक साताको अवधिमा एक दर्जन बैंकबाट १० अर्ब ३० करोड रुपैयाँ उठाएको छ । तरलता अधिक भएर अन्तर बैंक ब्याजदर ३ प्रतिशत भन्दा तल झरेको भन्दै केन्द्रीय बैंकले बैंकबाट ५ पटक गरी सो मात्रामा तरलता प्रशोचन गरेको हो ।

बैंकिङ प्रणालीमा अधिक तरलता रहेको भन्दै केन्द्रीय बैंकले असार ५ गतेदेखि १४ दिने निक्षेप संकलन उपकरणमार्फत प्रशोचन गरेको हो । राष्ट्र बैंकले ३६ अर्ब रुपैयाँ बजारबाट उठाउने लक्ष्य लिएकोमा १० अर्ब ३० करोड रुपैयाँ मात्र प्रशोचन भएको जानकारी दिएको छ ।

Advertisement
Advertisement

प्रणालीमा अधिक तरलता भएर अन्तर बैंक ब्याजदर घटेपछि असार ५ गते १० अर्ब रुपैयाँ उठाउने लक्ष्य लिएकोमा ७ वटा बैंकबाट ७ अर्ब १० करोड रुपैयाँ तरलता प्रशोचन गरेको थियो । यस्तै ६ गते ८ अर्ब रुपैयाँ प्रशोचन गर्ने भनेकोमा १ बैंकबाट मात्र २० करोड रुपैयाँ प्रशोचन भएको थियो ।

असार ७ गते ३ अर्ब रुपैयाँ तरलता प्रशोचनका लागि आब्हान गर्दा २ बैंकबाट १ अर्ब २५ करोड रुपैयाँ उठेको थियो । १० गते १० अर्ब रुपैयाँका लागि आब्हान गर्दा ५० करोड र मंगलबार ५ अर्ब रुपैयाँ उठाउने तयारी गरेकोमा १ बैंकबाट १ अर्ब २५ करोड रुपैयाँ तरलता प्रशोचन भएको थियो ।

राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार मंगलबारसम्म प्रणालीमा ३६ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियमको भुत्तानी गर्दा ९ अर्ब रुपैयाँ तरलता घटेर ३६ अर्ब रुपैयाँमा झरेको हो । यसअघि बैंकिङ प्रणालीमा ४५ अर्ब रुपैयाँ हारहारीमा तरलता थियो । मंगलबार अन्तर बैंक ब्याजदर केही बढेर ३ प्रतिशत पुगेको थियो ।

यता, बैंकरहरुले केन्द्रीय बैंकले भनेको जस्तो तरलताको अवस्था सहज नभएको बताएका छन् । आर्थिक वर्षको अन्तिम महिना भएकाले कर्जा लगानी कम हुने भएपछि तरलता केही बढेको देखिएको नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह बताउछन् ।

विकास न्युजसंग कुरा गर्दै उनले भने “बैंकहरुले प्राथमिक कर्जा, निक्षेप अनुपात रेसियो कायम गर्न, कर्जा जोखिम व्यवस्थाको काम बढी हुने र कर्जा लगानी कम हुने भएकाले बढी देखिएको हो । तरलता भने बढेको हैन् ।” प्रत्येक असारमा तरलताको अवस्थामा सहज हुने गरेको उनको भनाई छ ।

ब्याजदर करिडोर अन्र्तगत केन्द्रीय अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैंकले बजारमा पैसा पठाउने र ३ प्रतिशत भन्दा कम भए बैंकबाट पैसा तान्ने गरिन्छ ।निक्षेप बढाउन बैंकहरुले मुद्धतिको ब्याजदर बढाएर साढे १२ प्रतिशत पुर्याएका थिए । नेपाल बैंकर्स संघको पहलमा मुद्धतिमा अधिकतम ११ र साधारणमा ७ प्रतिशत मात्र दिने भद्र सहमति गरेपछि बढ्दो कम रोकिएको छ ।

राष्ट्र बैंकले अधिक तरलता हुँदा अन्तर बैंक ब्याजदर घटेको भन्दै बजारमा पैसा तान्ने तयारी गर्दा बैंकहरु संस्थागत निक्षेपकर्ताबाट महंगो ब्याजमा निक्षेप उठाईरहेका छन् । सेञ्चुरी कमर्शियल बैंकका सीईओ तुल्सिराम गौतम केही बैंकलाई तरलताको अवस्थामा सहज भएपनि अधिकाँशलाई समस्या देखिएको बताउछन् ।

Advertisement

“निक्षेप बढाउन व्यक्तित मुद्धतिमा महंगो ब्याज दिएर रकम उठाउदै छौं” उनले भने “तरलताको अवस्था सहज भएको भए यति महंगो ब्याजदरमा निक्षेप उठाउनु पर्ने थिएन् ।” तरलताको समस्यालाई समग्रताान हेरिनु पर्ने उनी बताउछन् ।(विकास न्युजबाट)

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top