×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

काठमाण्डौ उपत्यकाको निषेधाज्ञा आजदेखि केही खुकुलो

२१ जेष्ठ २०७८

२१ जेठ, काठमाडौं ।

आजदेखि काठमाण्डौ उपत्यकाको निषेधाज्ञा केही खुकुलो भएको छ । एक हप्तासम्म खाद्यान्नका पसल समेत बन्द गर्ने गरी भएको निषेधाज्ञा गएराति १२ बजेपछि केही खुकुलो बनाउँदै जेठ मसान्तसम्म थपिएको हो ।

Advertisement

काठमाण्डौ उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएकोमा जेठ १४ गतेदेखि आवतजावत र पसल सञ्चालनमा थप कडाइ गरिएको थियो ।

आजदेखि खाद्यान्न, किराना, तरकारी तथा फलफूल पसल, दूध डेरी, मासु पसल, ग्यास पसल बिहान ९ बजेसम्म खोल्न पाइने छ । यस्तै निर्माण सामग्री ढुवानीका गाडी राति ९ बजेदेखि बिहान ४ बजेसम्म चलाउन पाइने छ । गाडी मर्मत गर्ने वर्कसपहरु राति ९ बजेदेखि बिहान ९ बजेसम्म खोल्न पाइनेछ ।

शैक्षिक संस्था, सार्वजनिक निजी गाडी तथा भोज, सभा समारोहजस्ता धेरै मानिस जम्मा हुने स्थललाई बन्द गर्ने निर्णय यथावत राखिएको छ । घरमै वा बसेको ठाउँमा ७ जनासम्म जम्मा भइ विवाह व्रतबन्ध गर्न पाइने छ । सरकारले तोकेका मापदण्ड पालना गरी कृषिको काम गर्न छुट दिइएको छ ।

अत्यावश्यकबाहेक सरकारी कार्यालय, सार्वजनिक संस्थान र बीमा कार्यालयहरु बन्द रहने छन् । वाणिज्य बैंकहरुले प्रधान कार्यालयबाहेक काठमाण्डौमा तीनवटा शाखा कार्यालयमात्र खोल्न पाउनेछन् ।

औषधि तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तु र सेवा खरिदमा बाहेक जेठ ३१ गतेसम्म कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाइने पनि आदेशमा उल्लेख गरिएको छ ।

यसैबीच बाजुरामा पनि जेठ ३१ गतेसम्मको लागि निषेधाज्ञा थप भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । यस्तै रुपन्देहीमा पनि जेठ मसान्तसम्मका लागि निषेधाज्ञा थपिएको छ ।

खाद्यान्न पसलहरू स्वास्थ्य मापदण्ड अपनाएर बेलुकी ८ बजेदेखि बिहान ४ बजेसम्म खोल्न पाइने व्यवस्था गरेर निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

Advertisement

यस्तै झापामा पनि जेठ मसान्तसम्मका लागि निषेधाज्ञा थप भएको छ । हप्तामा दुई दिन बिहान ६ बजेदेखि ९ बजेसम्म पसल खोल्न पाउने गरी निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए । अहिले खोटाङ र मनाङबाहेक ७५ वटा जिल्लामा निषेधाज्ञा छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top