सार्क राष्ट्रमा ओरालो लाग्दै कोरोना

२१ जेठ, काठमाडौं ।

सार्क राष्ट्रमा कोरोना संक्रमण अवस्था केही दिनयता ओरालो लाग्दोक्रममा पाइएको छ । सम्बन्धित देशका स्वास्थ्य मन्त्रालयको तथ्यांक आधार मान्दा केही दिनयता संक्रमणदर ओरालो लाग्दो पाइएको हो ।

पछिल्लो २४ घण्टा अवधिमा भारतमा ८० हजार २ सय ३२ जनामा संक्रमण र २ हजार ८ सय ८७ जनाको मृत्यु भएको छ । यसअघि, भारतमा दैनिक झन्डै २ लाखसम्ममा संक्रमण देखिने गरेको थियो ।

त्यस्तै, बंगलादेशमा पछिल्लो तथ्यांकअनुसार एकै दिन १२ हजार ७ सय २४ जनामा संक्रमण देखिएकोमा ३० जनाको मृत्यु भएको छ ।

अफगानिस्तानमा १ हजार ४५ जनामा संक्रमण देखिएकोमा ३३ जनाको मृत्यु भएको छ । श्रीलंकामा २४ घण्टामा ३७ जनामा संक्रमण र चार जनाको मृत्यु भएको छ । माल्दिभ्समा ७ सय ४ जनामा संक्रमण देखिँदा दुईको मृत्यु भएको छ ।

पाकिस्तानमा २ हजार २८ जनामा संक्रमण देखिँदा ९२ जनाको मृत्यु भएको छ । भुटानमा एकै दिन ७ जनामा संक्रमण देखिएको छ । नेपालमा भने पछिल्लो २४ घण्टामा ६ हजार ८ सय २५ जनामा संक्रमण देखिँदा ७५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा १८ हजार ५ सय ६२ जनाको पीसीआर र ३ हजार २ सय ११ जनाको एन्टिजेन परीक्षण गरिएको छ । देशभर १ लाख १ हजार ८ सय ३९ जना संक्रमित रहेका छन् । बिहीबार ५ हजार ९ सय ४ संक्रमित निको भएका छन् । ८ सय ३१ क्वारेन्टाइनमा छन् ।

हाल, देशभरका अस्पतालमा १ हजार ४ सय ४४ आईसीयू र ३ सय ९८ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा २ सय २१ आईसीयू र ५७ भेन्टिलेटर, प्रदेश २ मा १ सय १३ आईसीयू र २२ जना भेन्टिलेटरमा छन् । बाग्मती प्रदेशमा ७ सय २६ आईसीयू र २ सय ५६ जना भेन्टिलेटरमा छन् ।

गण्डकी प्रदेशमा १ सय ३९ जना आईसीयू र २३ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा १ सय ६९ आईसीयू र २५ जना भेन्टिलेटर, कर्णालीमा ४६ आईसीयू र पाँच जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा ३० आईसीयू र १० जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैबीच, बेलायती अखबार डेली मेलले बिहीबारको संस्करणमा ‘नेपाल भेरियन्टको खतरा’ शीर्षकमा समाचार प्रकाशन गरेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भने कुनै नयाँ भेरियन्ट नदेखिएको स्पष्ट पारेको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top