अमेरिकाद्वारा नेपाललाई कोरोना खोप दिने घोषणा

२१ जेठ, काठमाडौं ।

अमेरिकाले नेपालसहितका १६ एसियाली मुलुकलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसद्वारा बिहीबार जारी वक्तव्यमा नेपाललाई कोरोना खोप उपलब्ध गराउने घोषणा गरिएको हो । १६ एसियाली मुलुकलाई विभिन्न परिमाणमा खोप उपलब्ध गराउने घोषणा गरिएको हो ।

नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस्, पपुवा न्यूगिनी, ताइवान र प्यासिफिक आइल्यान्डले खोप प्राप्त गर्ने विज्ञप्तिमा उल्लेख छ ।

गत साता राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई पत्राचार गर्दै खोपको विशेष पहल गर्न अनुरोध गरेकी थिइन् । राष्ट्रपतिको अनुरोध सँगै अमेरिका नेपाललाई खोप दिन सकारात्मक देखिएको थियो ।

खोप उपलब्ध गराउने घोषणा गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सरकारप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका छन् ।

अमेरिकाले आगामी जुनभित्र ८० मिलियन डोज खोप उपलब्ध गराउने योजनाअनुरुप पहिलो चरणमा खोप उपलब्ध गराउने नेपाललगायत मुलुकको सूची सार्वजनिक गरेको हो ।

अमेरिकाको यो खोप वितरण खाकाअनुसार ७५ प्रतिशत खोप कोभ्याक्स संयन्त्रमार्फत वितरण हुने जनाइएको छ ।

अमेरिकाले नेपाल, भारतसहितका १६ एसियाली मुलुकलाई ७ मिलियन डोज, दक्षिण तथा मध्यअमेरिकी मुलुकका लागि ६ मिलियन, अफ्रिकी मुलुकका लागि ५ मिलियन खोप वितरण गर्ने विज्ञप्तिमा जनाइएको छ ।

अमेरिकाले आफूसँग स्टकमा रहेको आस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन र मोर्डना खोप वितरण गर्न लागेको जनाइएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top