सिरहामा औषधि व्यवसायीमाथि गोली प्रहार

सिरहामा औषधि व्यवसायीमाथि गोली प्रहार

२३ जेठ, काठमाडौँ ।

सिरहामा एक जना औषधि व्यवसायीमाथि गोली प्रहार भएको छ ।

मिर्चैया नगरपालिका–५ स्थित सिद्धि मेडिकल हलका संचालक रामसागर साफिमाथि गएराती अज्ञान समूहले गोली प्रहार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार राति पसलमा बसिरहेको अवस्थामा अज्ञात समूहले साफीमाथि दुई राउण्ड गोली प्रहार गरेको छ ।

घाइते साफीको हात र तिघ्रामा गोली लागेको र हाल रामसागरको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.