मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने पक्राउ

मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने पक्राउ

२३ जेठ, काठमाडौं ।

मापदण्डविपरीत ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्रीवितरण गरेका अभियोगमा ओम निरमाया हेल्थ केयर प्रालि ललितपुरका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

उक्त संस्थाका सञ्चालकद्वय ललितपुर महालक्ष्मी नगरपालिकाका ४३ वर्षीय निरेश थापा र सोही ठाउँ बस्ने मोरङ विराटनगर उपमहानगरपालिका–१४ का ४४ वर्षीय अमित ताम्राकारलाई प्रहरीले शनिबार पक्राउ गरेको हो।

उनीहरुको साथबाट मापदण्डविपरीत उत्पादन गरेको २४० लिटर ह्याण्ड स्यानिटाइजरसमेत बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

उक्त हेल्थ केयरबाट मापदण्ड विपरित सञ्जिवनी लिक्विड इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर उत्पादन गरी बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई स्यानिटाइजरसहित पक्राउ गरेको हो।

उनीहरू उपर कालोबजार तथा केही अन्य सामाजिक अपराध र सजाय ऐन, २०३२ अन्तर्गतको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.